विशेष टास्कमा मात्रै खटिनेछन् कास्कीमा घुमुवा प्रहरी

पाेखरा | भदौ २९, २०८०

विशेष टास्कमा मात्रै खटिनेछन् कास्कीमा घुमुवा प्रहरी

कास्की:   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयबाट कुनै पनि प्रहरीलाई सादा पोशाक (घुमुवा) कै जिम्मेवारी नदिने भएको छ ।

 

कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक मोहनकुमार थापाले केन्द्रकै निर्देशन अनुसार स्थायी रुपमै घुमुवाको (सिआइडी) जिम्मेवारी नदिने बताए । 

 

‘प्रहरी परिचालन कार्य निर्देशनमा पनि व्यवस्था छ । हामीले कुनै पनि कर्मचारीलाई पहिले जस्तो घुमुवा प्रहरीकै जिम्मेवारी तोक्दैनौ, एसपी थापाले सुनगाभा न्यूजसँग भने, ‘तर स्पेसल टास्क र इन्भेष्टिगेसनका लागि भने अनुभवी कर्मचारीलाई जिम्मेवारी दिनेछौं ।’

 

उनले केन्द्रीय निर्देशन अनुसार पद र सँगठनको दुरुपयोग हुनबाट रोक्नका लागि उक्त कार्यले सघाउ पुग्ने बताए ।  ‘यो कार्यले पद र सँगठनको प्रतिष्ठामा आँच आउनबाट रोक्न सघाउ पुग्नेछ,’ उनले भने ।

 

उनका अनुसार यसअघि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, डाडाँकोनाक, वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय बगर र वडा प्रहरी कार्यालय रामबजारबाट गरी करिब २० जना प्रहरी सादा पोशाकमा खटिदै आएका थिए । 

 

पोखरा महानगरपालिका १ कस्केरीस्थित सेती नदीकिनारमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न जादाँ सादा पोशाकका प्रहरीलाई देखेपछि नदीमा हाम फालेर सन्तोष तामाङ बेपत्ता भएपछि दुई घुमुवा प्रहरीलाई जिम्मेवारीबाट हटाइएको थियो । 

 

अब कुनै निश्चित अनुसन्धान र विशेष घटनाको सूचना संकलनका लागि मात्रै आवश्यकतानुसार सादा पोशाकमा प्रहरी कर्मचारी खटिने कास्की प्रहरीले जनाएको छ ।


 

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्